मंसिर २२,२०८२ / ०३ : ०२ पूर्वान्ह / 2025-12-08 03:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      जीवित रहेका बन्धकको सूचीमा विपिन,कहिले होलान रीहाई ?

      - ३ हप्ता अगाडि
      असोज २६,२०८२

      काठमाडौं,  इजरायलमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

      हमासले गाजामा बन्धक बनाएकामध्ये जीवित रहेका विश्वास गरिएको २२ जनाको सूचीमा विपिनको पनि नाम रहेको छ । यद्यपि ती सबैको अवस्थाबारे पूर्ण निश्चित जानकारी प्राप्त भएको नभएको अमेरिकी समाचार एजेन्सीले जनाएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार, अक्टोबर ७, २०२३ मा हमासद्वारा गरिएको भीषण आक्रमणपछि करिब २५० जनालाई अपहरण गरिएको थियो।

      तीमध्ये सयौँलाई विभिन्न युद्धविराम सम्झौताहरू र कैदी आदानप्रदानमार्फत फिर्ता गराइएको छ। तर अझै ९० जनाभन्दा बढी व्यक्तिहरू गाजा क्षेत्रमा हराइरहेका छन् । 

      वासिङ्टन पोस्टले ‘इजरायलले अझै जीवित रहेको विश्वास गर्ने बन्धकहरू को हुन् रु’ शिर्षकमा विपिन जोशीको विवरण उल्लेख गरेको छ ।

      ‘हमला हुनुभन्दा एक महिना अगाडि बिपिन जोशी आफ्नो जन्मभूमि नेपालबाट इजरायल पुगेका थिए । उनी गाजामा जीवित रहेको विश्वास गरिने एक मात्र गैरइजरायली बन्धक हुन्। उनी गाजा सीमामा रहेको किबुट्ज अलुमिममा काम गर्न र कृषि अध्ययन गर्न विद्यार्थी आदानप्रदानमा इजरायल गएका थिए ।

       सो  ‘कार्यक्रममा सहभागी १७ नेपाली विद्यार्थीमध्ये दश जनाको आक्रमणमा मृत्यु भएको थियो । जोशी, जसले लुकेको बम आश्रयबाट धेरै जीवित ग्रिनेड फ्याँक्न सफल भएका थिए, घाइते भए र अपहरणमा परेको वासिङ्गटन पोस्टमा उल्लेख गरेको छ । 

        सम्बन्धित समाचारहरु