काठमाडौं, जेनजी युवाका केही प्रतिनिधिहरुले सरकारसँग सम्झौता गर्नका लागि वार्ता टोली गठन गरेका छन् ।
टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर छन् । यो टोलीले आन्दोलनरत पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपालका राष्ट्रपति नेपालका प्रधानमन्त्रीको रोहबरमा वृहत सम्झौता गर्ने निर्णय गरेको छ ।
उक्त वृहत सम्झौतामा उल्लेख हुने एजेण्डाका विषयमा सम्झौता पत्र समेत तयार पारिएको छ । सो वार्ता टोलीले तयार पारेको सम्झौता पत्र राष्ट्रपति समक्ष पेस गर्ने म्याण्डेड पनि पाएको छ ।
उनिहरुले शनिबार वार्ता टोली गठन गरेका हुन्








