काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् ।
उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भनेका छन् । साथै उनले शुभकामना सन्देशमा कुनै पनि भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु पर्छ भनेका छन् ।
उनले भनेका छन्, ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परे । अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ ।’
पूर्वराजा शाहले यसपटकको दशैंमासर्वसाधारणलाई टिका नलगाइदिने घोषणा पनि गरेका छन् । जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।








