जेष्ठ १,२०८३ / ०१ : १२ पूर्वान्ह / 2026-05-15 01:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

      - २ हप्ता अगाडि
      असोज १२,२०८२

      काठमाडौं, राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा आज बिहान तीन जनाको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।

      रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

      दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।

      गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए । 

        सम्बन्धित समाचारहरु