काठमाडौं, नागरिक एपले आज सामाजिक सञ्जाल फेसबुक मार्फत अत्यन्तै महत्वपूर्ण सुचना प्रकाशित गरेको छ । अब नागरिक एपमार्फत उपलब्ध हुँदै आएको ड्राइभिङ लाइसेन्स सेवा अवरुद्ध भएको छ ।
नागरिक एपले नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको डाटा सेन्टरमा तोडफोड र आगजनी भएपछि सम्पूर्ण प्रणाली क्षति पुगेर सेवा रोकिएकोे जनाएको छ । डाटा सेन्टर नष्ट भएपछि नागरिक एपमा प्रयोग गर्न सकिने चालक अनुमतिपत्रसम्बन्धी सेवाहरू हाललाई प्रयोग गर्न नसकिने अवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।
डाटा सेन्टर जले पनि प्रयोगकर्ताका तथ्यांकहरू सुरक्षित रहेको यातायात व्यवस्था विभागले यसअघि नै जानकारी गराइसकेको छ ।









