मंसिर २,२०८२ / ०४ : २४ अपरान्ह / 2025-11-18 04:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      गृहमन्त्री अर्याल : राजनीतिक कनेक्सनले गर्दा रोकिएका फाइल खुल्ने

      - ३ हप्ता अगाडि
      असोज १०,२०८२

      काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनको कारण रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

      शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । भदौ २४ गते को जेनजी अनादोलनकोे क्रममा महाराजगञ्जस्थित क्षति पुगेका सीआईबीको कार्यालयलाई अवलोकन गरेपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताएका हुन् 

      साथै उनले प्रहरीलाई कुनै पनि काम राजनीतिक आधारमा प्रेरित नभई कानूनबमोजिम गर्न भनेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d