मंसिर २,२०८२ / ०४ : ३२ अपरान्ह / 2025-11-18 04:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फ्लड लाइटमा तुइनखोलाको पहिरो पन्छाएर मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

      - ३ हप्ता अगाडि
      असोज १०,२०८२

       काठमाडौं, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै असोज ७ गते मंगलबारको दिन ठूलो पहिरो खसेपछि सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो ।

      पहिरो पन्छाउने काम बुधबार बिहानबाटै थालिएको थियो । हिजो बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि सडक डिभिजन भरतपुरले फ्लड लाइट जडान गरेर पहिरो पन्छाउने काम गरेका थिए ।

      त्यसकै फल सरुप हिजो राति साढे १० बजे पहिरो पन्छाउने काम सकिएलगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०ः३५ बजेदेखि सडक दुईतर्फी सुचारु भएको हो ।

      यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । काठमाडौं जोड्ने यो मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै दुख भोगे ।

      अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भएका थिए । तर, अब पुनः पहिरो नखसे आवागमन सहज हुनेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d