काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।
घरधनी देवकोटामा अनुसार रास्वपाले १० महिनाको भाडाको रकम दिएको छैन । साथै पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको रकम भने उनले भन्न चाहेनन् । देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।
रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे ।
स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।








