मंसिर २,२०८२ / ०३ : २७ अपरान्ह / 2025-11-18 03:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अर्थ मन्त्रालयका सबै टिप्पणी अबदेखि डिजिटल स्वीकृति

      - ३ हप्ता अगाडि
      असोज १०,२०८२

      काठमाडौं, आजदेखि अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने जनाएका छन् ।

      अर्थमन्त्री खनालले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन । यसो गर्दा समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।

      डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d