विराटनगर, जेनजी आन्दोलनको क्रममा मोरङमा भएका आगजनी, तोडफोड र लुटपाट गरेकाहरुलाई प्रहरीले पहिचान गर्न थालेको छ । विराटनगरका सरकारी र निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी गर्ने १२५ जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
हिचान भएकाहरूकाविरुद्ध प्रमाण खोजेर कारबाही गर्ने तयारीमा प्रहरी पुगेको छ । आन्दोलनका क्रममा खिचिएका फोटो सार्वजनिक भएका भिडियोका आधारमा प्रहरीले पहिचान गर्न थालेको हो ।
जेनजी आन्दोलनका क्रममा मोरङमा १५५ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ । यस्तै १५ वटा निजी घरमा तोडफोड र आगजनी भएको छ ।
मोरङका प्रहरी उपरीक्षक कवित कटवालले आगजनी, तोडफोड र लुटपाटका घटनाहरूलाई गम्भीर रूपमा लिएर दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धानलाई तीव्र भइरहेको बताएकि छिन् । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीको कार्यभार सम्हाल्दै उनले घटनामा संलग्नहरूको फोटो र भिडियो प्रहरीलाई उपलब्ध भइरहेको बताए । उनले यस्ता भिडियोहरू उपलब्ध गराउन समेत अनुरोध गरेकि छिन् ।
आगजनी, तोडफोड र लुटपाटमा संलग्नेले उन्मुक्ति नपाउने एसपी कटवालले बताए ।








