कार्तिक २२,२०८२ / ०९ : २८ अपरान्ह / 2025-11-08 09:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दशैंमा काठमाडौं–नारायणगढ साझा बस सेवा, भाडा मात्र ३००

      - २ हप्ता अगाडि
      असोज ८,२०८२

      काठमाडौं, साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

      दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते सम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो । काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको छ । यो भाडा अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो हो ।

      साझा यातायात सहकारी संस्थाका अनुसार गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने छन् । कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमशः ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

      यात्रा गरेवाफत यात्रुहरुले एकतर्फी भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रुपमा साझा यातायातको टिकट लिनुपर्ने छ । अन्यथा प्रचलित नियम कानुन बमोजिम कारबाही हुनेछ । यात्रुहरुले टिकट लिए÷नलिएको वा बसवालाले टिकट दिए÷नदिएकोबारे ठाउँ–ठाउँमा अनुगमनको व्यवस्था पनि मिलाइएकोे छ ।

      यात्रुहरुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ ।

      हेर्नुहोस् साझाको बस सेवा सम्बन्धी सूचना-

      ./pagegallery/2025092443.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d