कार्तिक २२,२०८२ / ०९ : ४३ अपरान्ह / 2025-11-08 09:43 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउने काम सुरु

      - २ हप्ता अगाडि
      असोज ८,२०८२

      काठमाडौं, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै हिजो मंगलबार खसेको पहिरो पन्छाउने काम आज बिहानबाट थालिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने छ ।

      मंगलबार दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको हो । त्यसैले सबै सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

      तुइनखोलास्थित सडकमा खसेका सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनका एसपी गोविन्द पुरीले बताएका छन् ।

      पहिरो खसेलगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d