माघ ६,२०८२ / ०३ : ०६ पूर्वान्ह / 2026-01-20 03:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      अब ८ कडा रोगको उपचार स्वास्थ्य बीमा मार्फत एकै ढोकाबाट

      - एक हप्ता अगाडि
      भाद्र २०,२०८२

      काठमाडौं, आगामी कात्तिक १ गतेदेखि स्वास्थ्य बीमामा आबद्ध भएका सबै नागरिकले ८ प्रकारका गम्भीर रोग को उपचार सुविधा एकीकृत प्रणालीमार्फत पाउने भएका छन्। 

      स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमलाई एकै छातामुनि ल्याउने निर्णय गरेको हो। यसै अनुसार मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ पहिलो संशोधन पारित गरेको छ। यस संशोधित निर्देशिका अनुसार, अब विपन्न नागरिकले पाउँदै आएको उपचार खर्च स्वास्थ्य बीमा बोर्डमार्फत नै भुक्तानी हुनेछ। 

       यो सुविधा कात्तिक १ गतेदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले, अहिले उपचार गराइरहेका वा नयाँ उपचार लिन चाहने विपन्न नागरिकले आसन्न असोज मसान्तभित्रै स्वास्थ्य बीमामा दर्ता गर्नैपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताएका छन् ।

      ८ कडा रोगको उपचार सुविधा लिन अब स्वास्थ्य बीमा अनिवार्य गरिएको छ। यसले विगतमा छरिएका कार्यक्रमलाई एकीकृत प्रणालीमा ल्याएर राज्यको स्रोतको उचित उपयोग सुनिश्चित गर्छ।

      मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाउँदै, असोज मसान्तभित्रै सबै सेवाग्राहीलाई बीमामा आबद्ध गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। यदि तपाईं वा तपाईंको परिवार विपन्न नागरिक सेवामा हुनुहुन्छ भने, तत्काल स्वास्थ्य बीमामा दर्ता गर्नुहोस् नत्र कात्तिक १ पछि सुविधा रोकिन पनि सक्छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d