जेष्ठ ३०,२०८३ / ०५ : ११ पूर्वान्ह / 2026-06-13 05:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      दशैंका लागि भदौ २९ गतेबाट सुकिला नोट बाँडिने, नयाँ नोट साट्न नपाइने

      - एक हप्ता अगाडि
      भाद्र १५,२०८२

      काठमाडौं, यस वर्षको दशैमा पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने भएको छ । दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो । 

      यसैक्रममा यो दशैका लागि सुकिला नोट सटही सम्बन्धी सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेबाट बैंकमार्फत सुकिला नोट वितरण गर्ने जानकारी गराएको छ । दसैँ तिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ  । दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने हो । 

      जसअनुसार यसपालीको बडादशैमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट  सुकिला नोट सटही गर्न सकिने जनाएको छ । साथै इजाजत प्राप्त “क“, “ख“, र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारण लगायत विभिन्न संघ÷संस्थालाई मिति भदौ २९ देखि असोज १० गतेसम्म बैकिङ्ग कारोबार समयमा सुकिला बैंक नोट सटही गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई राष्ट्र बैंकले जानकारी गराएको छ । 

      विगतका वर्षहरुमा दसैँ तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको थियो । दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले गत वर्ष पनि नयाँ नोट वितरण गर्न बन्द गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d