काठमाडौं, सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मदिरा नियन्त्रणमा लिन सप्तरीमा भारततर्फ तस्करी गर्न राखिएको प्रहरीको गोली लागेर ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आउदा उक्त मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली जादा तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको हो ।
यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भएको हो ।








