विराटनगर, नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलाम सूर्याेदया नगरपालिकाकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।
अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको अस्पतालले बताएको छ । मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कोरोना संक्रमण भएको देखिएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । आज उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको छ । कोशि प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । अहिलेसम्म ८ जनालाई कोरोना संक्रमण देखिएको छ संक्रमितमध्ये झापाका ४ जना र मोरङका २ जना र इलामका २ जना रहेका छन् ।