फागुन १,२०८२ / ०७ : ४७ पूर्वान्ह / 2026-02-13 07:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वमन्त्री शास्त्रीलाई सानेपाबाट बिदाई, कांग्रेसका कार्यक्रम स्थगित

      - ३ हप्ता अगाडि
      असार ४,२०८२

      काठमाडौं, पूर्वउद्योगमन्त्री एवं कांग्रेस नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । ९० वर्षीय शास्त्रीको सोमबार उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा  निधन भएको थियो ।

      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् । कांग्रेस सभापति देउवाले मुलुकको परिवर्तनमा स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको महत्वपूर्ण योगदान रहेको बताए । पार्टीका पदाधिकारी, नेता–कार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

      कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शास्त्रीको निधनको शोकमा कांग्रेसले आफ्ना कार्यक्रमहरु स्थगित गर्र्ने छ र तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने छ ।

        सम्बन्धित समाचारहरु