काठमाडौं, मानवअधिकार तथा शान्ति समाजले आज इजरायली दूतावास र इरानको कन्सुलेट कार्यालय अगाडी शान्तिपूर्ण प्रदर्शनी गरेको छ । इजरायल र इरानबीचको युद्ध रोकेर शान्ति कायम राख्न आग्रह गर्दै काठमाडौंमा प्रदर्शन गरिएको हो ।
इरानको न्यूक्लियर परियोजना त्यही देशको लागि घातक भएको, मानवतालाई सम्मान गरेर प्रजातन्त्रलाई मजबुत बनाउन विभिन्न प्लेकार्ड बोक्दै आग्रह गरिएको छ ।
उनीहरुले युद्धले विश्वमा अशान्ति फैल्याएको र सो रोक्न भन्दै बिहान ११ बजेदेखि करिब आधा घण्टा प्रदर्शन गरेका थिए ।