काठमाडौं,कर्णाली डेभलेपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।
मिलेमतोमा १ अर्ब २६ करोड रुपैयाँ अपचलन गरेको काण्ड छानबिनपछि फरार रहेका कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका हून् । सल्यान घर भइ बाँके बस्दै आएका ६५ वर्षका राजेन्द्रवीर रायलाई शनिबार रुपन्देहीको बेलहिया नाका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाहकै संलग्नतामा रकम अपचलन भएको बैंकले गरेको आन्तरिक छानबिनले देखाएको थियो ।
सिआइबीले भने २५० करोड रकम हिनामिना गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।








