चैत ३०,२०८२ / १० : १२ पूर्वान्ह / 2026-04-13 10:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोखरा विमानस्थलको प्रतिवेदनमा लिङदेनको आपत्ति

      - ३ हप्ता अगाडि
      जेष्ठ ८,२०८२

      काठमाडौं, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिमा संसदीय उपसमितिका सभापति राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन् । 

      प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिका सदस्य लिंङदेनको संयोजकत्वमा गठित उपसमितिले बुझाएको पोखरा विमानस्थलमा भएको भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा बुधवार भएको समितिको छलफलमा उपसमितिका संयोजक लिङदेनले आपत्ति जनाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपसमिति सभापति लिङदेनले प्रतिवेदन सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गरेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d