जेष्ठ १,२०८३ / ०१ : १० पूर्वान्ह / 2026-05-15 01:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      बिराटनगरमा सुर्तीजन्य पदार्थसम्बन्धि करको राजस्वमा उल्लेख्य बृद्धि जनस्वास्थ्यमा पनि सुधार ल्याउदै

      - ३ हप्ता अगाडि
      जेष्ठ ६,२०८२

      बिराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थ सम्बन्धि करको राजश्व गत बर्षको तुलनामा झण्डै तेब्बरले बृद्धि भएको छ । 

      महानगरको राजस्व शाखाका अनुसार आर्थिक वर्ष  २०८०÷८१ मा सुर्तीजन्य वस्तु कर शीर्षकमा १ लाख ७६ हजार राजस्व संकलन भएकोमा २०८१÷८२ बैशाख सम्म ३ लाख ६८ हजार राजश्व संकलन भएको छ । गत बर्षको तुलना गर्दा सुर्तीजन्य वस्तुबाट संकलित राजस्व झण्डै तेब्बर बृद्धि भएको हो ।

      महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री गर्ने ब्यवसायीहरुका लाइसेन्स दस्तुर बृद्धिसगै  बिना दर्ता जथाभाबी बेचबिखनमा निगरानी र सुर्तिजन्य पर्दाथको प्रयोगले जनस्वास्थ्यमा पर्ने असरबारे सचेतनामूलक कार्यक्रम सशक्त बनाउदा जनस्वास्थ्यमा सकारात्मक असर देखिन थालेको सरोकारवालाहरु बताउछन् ।

      राजस्व शाखा का अधिकृत बासुदेब भण्डारी सुर्तीजन्य वस्तुमा लक्षित गरिएका नीति, जस्तै व्यवसायी नवीकरणमा विशेष कर, पसल चिन्हकन, तथा स्थान निर्धारणले सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणमा निकै राम्रो प्रभाव देखिएको बताउछन् । उनि भन्छन्, सुर्तिजन्य पदार्थ राजश् यसलाई प्रत्यक्ष वसगं मात्र जोडिएको बिषय होइन, यसले मानब स्वास्थ्यमा पर्ने जोखिम घटाउने तत्वहरू घटाउन पनि  प्रभावकारी भुमिका निर्वाह गर्छ । 

      बिराटनगर वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी वडाले स्वास्थ्य संस्था वरपर, विद्यालय र सार्वजनिक स्थल वरपर खुल्ला रुपमा झुण्ड्ण्इ सुर्तीजन्य पदार्थ बिक्री बितरण नगर्न आग्रह गर्दै  स्थानीय स्वयंसेवकमार्फत निगरानी गर्ने अभ्यास गरेको बताउछन् । उनले  यसले स्वास्थ्यका लागि सुर्तिजन्य समाजको निमार्ण गर्न निकै प्रभावकारी भुमिका निर्वाह गरेको बताए ।

      “हामीले विद्यालयमा गुटखा, सुर्तीले पार्ने असरबारे बिधालयमा जनचेतनामुलक कार्यक्रम साथै ठाउठाउमा पोस्टरमार्फत सचेतना फैलाएका छौं। अहिले युवापुस्तामा पहिलेको तुलनामा सुर्तिजन्य पदार्थको प्रयोग घटेको छ भन्ने लाग्छ।” उनी भन्छिन्, “युवामाझ करको कुरा होइन, अभिभावक र समुदायबाट आएको सामाजिक दबाब प्रभावकारी बनेको छ।”

      त्यस्तै, बिराटनगर ८ का वडाध्यक्ष राम पोख्रेल  पहिले पहिले सुर्तीजन्य पदार्थ बिद्यालय तथा अन्य शैक्ष्ँिक सस्था वरपर सस्तो र सजिलो रूपमा पाइने वस्तु बनेको थियो, तर महानगरपालिकाले यसको बिक्रीबितरणमा कडाइ र नबिकरण दस्तुरमा कर बृद्धि गरेसगै यसको प्रयोगमा कमि आएको बताउछन् 

      कर नीतिको दीर्घकालीन उद्देश्य

      बिराटनगर महानगरपालिकाको सुर्तीजन्य पदार्थमाथिको कर बृद्धि नीति केवल आर्थिक लाभका लागि मात्र नभई सामाजिक रूपान्तरण र जनस्वास्थ्यमा सुधार ल्याउने अभियानको हिस्सा बनेको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव बताउछन्  । 

      ‘सुर्तिजन्य पदार्थको प्रयोगको नियन्त्रणमा महानगरपालिकाका केहि बर्षदेखिको अभियान हेर्दा बिनादर्ता ब्यवसाय सञ्चालन गर्न नपाउने, बिनादर्ता सञ्चालनमा रहेका पसलहरुलाई दर्ताको दायरामा ल्याउदा राज्यको राजस्व संकलन बढ्नु, स्वास्थ्य परामर्शका बिरामी घट्नु, र सार्वजनिक स्थानमा सुर्तीजन्य वस्तुको सहजता घट्नु जस्ता परिवर्तनहरू निकै ठुलो उपलब्धीको रुपमा देखिएको छ,’ यादव भन्छन् ‘यद्यपि दीर्घकालीन रूपमा व्यवहार परिवर्तन मापन गर्न अझै नियमित अनुगमन, सर्वेक्षण र सार्वजनिक संवाद आवश्यक छ । कर मात्र हैन, चेतना र विकल्पसहितको संयोजनले मात्र सुर्तीविहीन समाजको सपना साकार हुने देखिन्छ ।’

      जनस्वास्थ्यबिद डा. सुरेस मेहेता सरकारी नीति थप बलियो बनाएर नसर्ने रोग नियन्त्रणका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउछन् । ‘सुर्तीजन्य पदार्थले एकातिर रोगी मानिसको संख्या पनि बढेको छ,’ उनले भने, ‘यसले रोगको भार थेग्न कठिन हुँदै गएको छ र गरिबीतर्फ पनि उन्मुख गराइरहेको छ ।’ उनले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी र बिक्रेताबाट राज्यले लिएको कर क्यान्सरलगायत नसर्ने रोगमा खर्च गर्न आवश्यक रहेको बताए ।

      कर वृद्धिको दीर्घकालीन उद्देश्यहरू 

      - युवामा सुर्तीजन्य पदार्थको लत घटाउने

      - सार्वजनिक स्थलहरूलाई सुरक्षित बनाउने

      - विद्यालय वरपर ‘हेल्दी जोन’ को अवधारणा अघि बढाउने

      - स्थानीय तहमा दीर्घरोगको जोखिम घटाउँदै स्वास्थ्य खर्चमा कटौती

      - वैकल्पिक आम्दानी स्रोतप्रति व्यवसायीको आकर्षण बढाउने

       

      जुनु भट्टराई



        सम्बन्धित समाचारहरु