काठमाडौं, प्रस्तावित विश्वकै लामो मुक्तिनाथ केबलकार परियोजनाको लगानी तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुने भएको छ । बुधबार अपराह्न बस्ने लगानी बोर्डको ६२औँ बैठकले विकासकर्ता मुक्तिनाथ दर्शन लिमिटेडले प्रस्ताव गरेको ५७ अर्ब ६४ करोड रुपैयाँ लगानीका साथै अद्यावधि गरेको डीपीआर स्वीकृति गर्ने भएको हो ।
मुक्तिनाथले अद्यावधिक डीपीआर २०८० पुसमा लगानी बोर्डमा बुझाइसकेको थियो । प्रस्तावित केबलकारको लम्बाइ ८१ किलोमिटर लामो हुने भएको छ । मुक्तिनाथ केबलकार बने विश्वकै सबैभन्दा लामो हुनेछ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।








