जेष्ठ १२,२०८२ / १२ : २८ पूर्वान्ह / 2025-05-25 12:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारत–पाकिस्तान तनावको नेपालमा पर्ने प्रभावबारे सांसदहरूको सुझाव

      - २ हप्ता अगाडि
      वैशाख २६,२०८२

      काठमाडौं, सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । 

      उनीहरुले भारत–पाकिस्तान तनावले नेपालमा पर्न सक्ने प्रभावको आकलन गरी योजना निर्माण गर्न सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीमाथि पर्न सक्ने प्रभावको आकलन गरे योजना निर्माण गर्न आग्रह गरे । सांसद खनालले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गरेकाले उद्धार र सुरक्षाको पहल गर्न आग्रह गरे । 

      यस्तै नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले सम्भावित घटनाबाट आयातमा पर्ने असरलाई समयै ध्यान दिनुपर्ने बताए । नेकपा (एमाले)की सांसद सरस्वती सुब्बाले दुई देशबीचको तनावको प्रभाव नेपालमा पर्न सक्ने बताइन् । उनले दुवै देशसँग संवाद र कूटनीतिक सक्रियता बढाउनुपर्ने धारणा राखिन् ।

       नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेत सुवेदीले सबै राजनीतिक दलले घटनाबारे साझा धारणा बनाउन आवश्यक रहेको धारणा राखिन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d