जेष्ठ १२,२०८२ / ०१ : १२ पूर्वान्ह / 2025-05-25 01:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      एन्फाको साधारण सभामा गणेश थापालाई रोक

      - २ हप्ता अगाडि
      वैशाख २६,२०८२

      काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद भएको छ । 

      अदालतले गरेको आदेश विपरित अखिल नेपाल फुबटल संघ (एन्फा) को साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश थापा धर्नामा बसेका छन् ।

      थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको भन्दै फिफाको अनुशासन समितिले उनलाई दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा लगाएका थिए । प्रतिबन्ध अवधिमा उनले सामाजिक सन्जाल र मिडियाहरुमार्फत् एन्फाको गतिविधिको चर्को आलोचना गरेका थिए ।

      यसबीच प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक गर्न सक्ने संकेत पाएकोले उनले साधारण सभामा भाग लिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए । २१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल गएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d