जेष्ठ १२,२०८२ / ०१ : ३९ पूर्वान्ह / 2025-05-25 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारत–पाकिस्तानको युद्धमा संयुक्त राष्ट्रसंघले संयम रहन गर्यो अपिल

      - २ हप्ता अगाडि
      वैशाख २४,२०८२

      काठमाडौं, भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघले अपिल गरेको छ । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको हो ।

      गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् । भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुने दुजारिकले भनेका छन् । 

      यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए । उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d