काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । खुमलटारस्थित आफ्नै निवासमा गएराति बाथरुममा लडेर घाइते भएका प्रचण्ड मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपश्चात घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ ।
निधारमा सामान्य बाहिरी चोट लागेकोले टाउकामो टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।