काठमाडौं, महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन दिएको छ । अनुसन्धानपछि प्रहरीले बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि फाइल पेश गरेको थियो ।
उता जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयको राय उल्ट्याउँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउन निर्देशन दिने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि अब बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्नहरूमाथि ठगी मुद्दा चल्नेछ । रिता सिंह वैद्य नेपाल बार संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको छ । उनी लगायत निर्णय प्रक्रियामा संलग्नहरुमाथि अनुसन्धान भएको थियो ।