जेष्ठ १२,२०८२ / १२ : ४० पूर्वान्ह / 2025-05-25 12:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      वामपन्थी नेता प्रदीप नेपालको निधन, पशुपतीमा गरीयो अन्त्येष्टी

      - २ हप्ता अगाडि
      वैशाख २३,२०८२

      काठमाडौं, वामपन्थी नेता प्रदीप नेपालको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

       नेपालको पार्थिव शरीर नेकपा एमालेको कार्यालयमा लगिएन । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको भए पनि परिवारले नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धान्जलीका लागि नराखिने अडान राखेपछि यसअघिको निर्णयमा पुनरवलोकन गरिएको एमाले नेताहरूले जनाएका छन् । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । 

      उनलाई निमोनिया पनि देखिएको अस्पताल स्रोतले जानकारी दिएको  छ  । उनी साहित्यकारसमेत हुन् । नेता नेपाल पछिल्लो समय  राजनीतिक दृश्यमा थिएनन् ।  २०५१ सालमा पार्टीले अल्पमतको सरकारको नेतृत्व गरेका बेला सूचना तथा सञ्चारमन्त्री बनेका थिए नेपाल । नेकपा एकतापछि उनलाई पार्टीले केन्द्रीय कमिटीको जिम्मेवारी दिइएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d