जेष्ठ १२,२०८२ / ०१ : २९ पूर्वान्ह / 2025-05-25 01:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      ललितपुरमा कार बिजुलीको पोलमा ठाकिदा तीन जना घाइते

      - २ हप्ता अगाडि
      वैशाख २२,२०८२

      काठमाडौं, ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । गएराति बा १५ च ७६५२ नम्बरको कार दुर्घटना हुँदा कारमा रहेका विशाल बिक, अमरध्वज पौडेल र मुसेस लामिछाने घाइते भएका प्रहरीले जनाएको छ । 

      घाइते सबैको पाटन अस्पतालमा उपचार भइरहेको छ । कारमा चालकसहित चार जना थिए । कार चालक रुपक सापकोटा भने सामान्य घाइते भएका छन् । उनल मदिरा खाएर गाडी चलाएको पाइएकोले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कारको ठक्करबाट सडकमा रहेको बिजुलीको पोल भाँचिएको छ ।

      प्रहरीका अनुसार ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल सडकको बीच भागमा रहेकाले दुर्घटना भएको ठाउँमा गाडी आवागमन बन्द गरिएको छ । त्यस क्षेत्रमा आवतजावत गर्नेलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी र  विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास भइरहेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d