जेष्ठ १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-06-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      किन दिइन् शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा

      - १ वर्ष अगाडि
      वैशाख ८,२०८२

      काठमाडौं, शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन चर्काउँदै लगेपछि मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जानकारी दिएको छ।  

      मन्त्री भट्टराईले भने मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन्। उनले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा बस्न तयार भएका छैनन्। विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि शिक्षकहरूले दिँदै आएका छन्।

      शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । उनी गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन्  । कास्की क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी थिइन् । शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा सक्रिय थिइन् ।

        सम्बन्धित समाचारहरु