वैशाख ८,२०८३ / ०२ : ४९ अपरान्ह / 2026-04-21 02:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      १७ दिनदेखि सडकमा शिक्षक, सर्वसाधारणलाई सास्ती

      - १ वर्ष अगाडि
      वैशाख ५,२०८२

      काठमाडौं, १७ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरुले शुक्रबार आन्दोलनलाई थप चर्काउँदै लगेका छन् । 

      विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गरेको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहँदा भने सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

      शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले चैत २० देखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।

      मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ । 

        सम्बन्धित समाचारहरु