विराटनगर, कोशि प्रदेशको विराटनगरमा भ्यालेन्टाइन बेकरी क्याफे पुन संञ्चालनमा आएको छ । विराटनगरको हनुमानदास रोडमा रहेको उक्त क्याफे आज भ्यालेन्टाइन डे को अवसर पारेर पुन संञ्चालन गरीएको हो ।
पछिल्लो समय अधिकांश युवाहरु रोजगारीका लागी विदेश पलायन भैरहेको अवस्थामा विराटनगरका युवा दम्पति युनेश श्रेष्ठ र डिाना प्रधानले स्वदेशमै रोजगारीको सृजना गर्ने उदेश्यले २५ बर्ष अघि बुवाको पालामा संञ्चालन गरीएकोे क्याफेलाई फेरी लामो समय पछि संञ्चालनमा ल्याएको क्याफेका संञ्चालक युनेश श्रेष्ठले बताए ।
आफ्नो रुची, क्षमता र ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै आकर्षक डेकोरेसन सहित व्यवस्थित तरीकाले संचालन सुरुवात गरीएको कफि सपमा कफीप्रेमीहरुको बाक्लो आगमन हुने संचालक दम्पतीकोे अपेक्षा छ । कफी सपमा हट र कोल्डमा सम्पूर्ण स्वादको कफी संगै स्वादिष्ट बेकरीका परीकार समेत उपलब्ध रहेका छन । क्याफेको नाम भ्यालेन्टाइन बेकरी भएकाले भ्यालेन्टाइन डेको अवसरमा छुटको समेत सुविधा दिएकोे छ । क्याफेमा आउने ग्राहकहरुका लागि आर्ट गर्न पाउने व्यवस्था समेत गरीएको छ ।
क्याफे संञ्चालनमा ल्याएसंगै आफ्ना पहिलेका ग्राहकहरुलाई समेत एकपटक फेरी भ्यालेन्टाइन बेकरी क्याफे आइदिन व्यवसायि दम्पतीले आग्रह गरेका छन् । पछिल्लो समयमा कफी पारखी बढ्दै गएकाले यो क्याफे स्वादिष्ट र अर्गानिक कफीका लागी आकर्षक गन्तव्य बन्न सक्ने अपेक्षा गरीएको छ ।