काठमाडौं, काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
ग्यास विष्फोट हुँदा घाइते भएका ११ मध्ये दुईको निधन भएको हो । गत माघ २४ गते बिहीबार विहान ग्यास सिलिन्डर चुहावटका कारण विष्फोट भएको थियो । घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको उपचारका क्रममा सोमबार निधन भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् ।
घाइतेहरुलाई उपचारका निम्ति कीर्तिपुरस्थित जलन अस्पताल लगिएको थियो । केही घाइते स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । केही घाइतेको उपचार जारी रहेको छ ।