चैत ६,२०८१ / ०१ : १५ पूर्वान्ह / 2025-03-20 01:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      बिद्यार्थीहरुको बौद्धिक क्षमताका लागि सेन्ट म्यारिजमा विज्ञान प्रर्दशनी

      - एक हप्ता अगाडि
      माघ २७,२०८१

      विराटनगर, हरेक बर्षको जस्तै सेन्ट म्यारिज माध्यमिक विद्यालयले आफ्नै प्रांगणमा यो बर्ष पनि विज्ञान तथा कला प्रर्दशनी गरेको छ । विद्यालयमा अध्यनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले आफैँले बनाएका उपकरण तथा चित्रकलाको स्टल राखेर प्रदशन गरेका थिए ।

       विराटनगर–२ शंकरपुरमा रहेको विद्यालयले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रस्फुटन गर्ने उदेश्यले शनिबार आयोजना गरेको उक्त प्रदशनीको अभिभावकहरूले अवलोकन गर्नका साथै सो विषयमा जानकारी लिएका थिए । यस्ता प्रयोगात्मक रूपमा गरीएको प्रदशनिले बिद्यार्थीहरुको सृजना र बौद्धिक क्षमताको विकास हुने प्रिन्सिपल सिस्टर मार्लिन सिजेले बताइन् । 

      हरेक बर्षको जस्तै यो बर्ष पनि बाक्लो संख्यामा उपस्थित भएका अभिभावकहरुलाई विद्यार्थीहरूले आ–आफ्नो स्टलमा रहेका उपकरण तथा प्रविधिको बारेमा जानकारी गराएका थिए । यस्तै कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको रंगोली प्रतियोगिता गरिएको थियो । चार वटा सदन विभाजन गरेर प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा विद्यार्थीहरूले काठको धुलोमा रङ लगाएर आकृति बनाएका थिए । 

      उक्त आकृति अहिले भइरहेको सामाजिक संजालको दुरुपयोगबाट कसरी बच्न सकिन्छ भनेर शन्देश दिएका थिए । यस्तै विद्यार्थीहरूले थ्रीडीआई, प्रेसर जाँच, रगत जाँच गर्नुका साथै थ्रीडी आई, फोटोग्राफी, जिव विज्ञानका बारेमा अभिभावकहरूलाई प्रयोगात्मक रूपमै जानकारी गराएका थिए । यसैगरी चित्रकलातर्फ मन्दिर, स्तुपा, राष्ट्रियता झल्कने विभिन्न पक्षलाई प्रस्तुत गरिएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d