चैत ६,२०८१ / ०१ : २८ पूर्वान्ह / 2025-03-20 01:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      सल्यान महोत्सवका ८० स्टलमा आगलागी, १० करोड बराबरको क्षति

      - एक हप्ता अगाडि
      माघ २७,२०८१

      सल्यान, सल्यानमा जारी दोस्रो सल्यान महोत्सवमा आगलागी भएको छ।  राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत् सल्यान महोत्सव स्थलमा आगलागी भएको हो।   

      आठ दिनदेखि जारी महोत्सवमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको सामान जलेर नस्ट भएको छ। १८ गतेबाट जारी महोत्सवमा हिजो ८ औं दिन  राति आगलागी हुँदा करोडौँ मूल्य बढीको सामान जलेर नष्ट भएको हो।

      महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टलमा आगो लागेको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिएका छन्। उनका अनुसार गएराति ११ बजे स्टलमा आगलागी भएको हो। 

      आगलागीका कारण महोत्सवमा झण्डै १० करोड बराबरको क्षति भएको बताइएको छ । अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

      नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिको विवरण आउन बाँकी छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d