काठमाडौँ, बिहिबार साँझ स्कुलबाट घर फर्किनेक्रममा कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय युवकले बलात्कार गरेर फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले बताएका छन् ।
बाजुराबाट अध्ययनका लागी धनगढी आएकी उनी ७ कक्षामा पढ्दै छिन् । बाजुरा घर भएकी किशोरी अध्ययनका लागि धनगढीमा आफन्तकोमा बस्दै आएकी थिइन् । विद्यालयबाट घर फर्किने क्रममा किशोरीलाई ती युवकले सडकमा बाटो छेकेर चक्कु देखाउँदै आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि युवक भागेका युवकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।