काठमानडौं, शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न महिला टी–२० शृंखलाको उत्कृष्ट नेपाली खेलाडीे नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो घोषित भएकी छन् ।
प्रतियोगिता जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम दिन उत्कृष्ट नेपाली खेलाडीले पाउने यामाह स्कुटर पूजाले प्राप्त गरेकी हुन् । पूजाले सिरिजका ६ खेलमा १ सय ३४ रन बनाउनुका साथै ३ विकेट लिइन् । पूजाले नेदरल्याण्ड्सविरुद्धको खेलमा नट आउट अर्धशतक प्रहार गरेकी थिइन् ।
उनी नेपालको लागि सबै बढी रन लिने खेलाडी र सर्वाधिक विकेट लिनेको सुचीमा चौथो स्थानमा छिन् । सिरिज खेलेको ६ मध्ये ५ खेलमा जित हात पारेर थाइल्याण्ड विजेता बनेको थियो । तीन टोली सहभागी सिरिजमा नेपाल भने तेस्रो भएको थियो । सिरिजको सर्वोत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिप्चा पुत्थावोंग भइन् । उनले सिरिजका ६ खेलमा १६ विकेट लिएकी थिइन् । यस शृंखलाको उपाधि थाइल्याण्डले जितेको छ । । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएको हो ।