चैत ६,२०८१ / १२ : ३३ पूर्वान्ह / 2025-03-20 12:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      त्रिपाठीमाथि आक्रमण गर्ने ३ जना धरौटीमा रिहा

      - एक हप्ता अगाडि
      माघ २५,२०८१

      काठमाडौं, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । 

      शुक्रबार अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।

       भने अर्का महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । गत माघ २ मा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा रवी लामिछाने विरुद्ध अर्थात जाहेरवालाको तर्फबाट बहस गरेका अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदा हातपात भएको थियो ।

       त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका दीपक आले मगर रहेका छन् । उनलाई प्रहरी वृत्त सिंहदरको हिरासतमा राखिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d