काठमाडौं,प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् । उनले बिहीबार सम्बोधन गर्ने क्रममा विभिन्न प्रकरणको कुरा उठाउदै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुशको संज्ञा दिएका छन् ।
सरकारले निरंकुश सोँचका साथ ल्याएको सामाजिक सञ्जाल विधेयक आपत्तिजनक रहेको बताएका छन् । यस्तै सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका रवि लामिछानेलाई सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाएको बताएका छन् । हिजो प्रधानमन्त्री बनाउन अफर गरेकाहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि सडाइछाड्ने षड्यन्त्रमा लागेर सिंगो राज्यको दुरुपयोग गरेको ठहर गरेका छन् ।
बैठकमा पाथीभरामा केबलकार निर्माणका लागि गोली हानेर स्थानीयलाई दमन गरिएको पनि उनले आरोप लगाएका छन् । त्यसैगरी सामाजिक अभियन्ता भनिएकी आशिका तामाङलाई हतकडी लगाएर काठमाडौं र भक्तपुर घुमाइएको प्रसंगमा पनि कडा प्रतिक्रिया दिएका छन् । टिसर्टमा कसैको फोटो देखिँदा नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई थुनेर मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोँच भएको उनले बताएका छन् ।