काठमाडौं, पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा सहकारी ठगी प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो । कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।
यसअघि लामिछाने कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६० लाख र १ करोड धरौटी बुझाएर छुटेका थिए । ले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने