काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा थुनछेक बहस सुरु भएको छ ।
बुधबार अदालतमा रवि लामिछानेको बयान लिएर बहस सुरु भएको थियो । हिजो बहस नसकिएपछि आज पुनः थुनछेक बहस भएको हो । लामिछानेविरुद्ध चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दा छ ।
अदालतले बुधबार लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको थियो । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ । लामिछानेविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो । बुधबार उनी कार्यालय समयमै जिल्ला अदालत चितवनमा हाजिर भएका थिए ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।
यसअघि लामिछाने कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६० लाख र १ करोड धरौटी बुझाएर छुटेका थिए । ले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने