विराटनगर, महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा महिला उद्यमशिलतालाई प्रोत्साहन र जगेर्ना गर्ने उदेश्यले विराटनगरमा एक दिने मेला सम्पन्न भएकोे छ ।
कोशी प्रदेशका महिला उद्यमीहरूको संस्कृति झल्काउने खालका सिर्जनाहरु प्रदर्शन गर्ने उदेश्यले बुधबार तेस्रोे पटक मेलाको आयोजना गरेको हो । अघिल्ला बर्षहरुमा गरीएको मेलाले उद्यमशिलतालाई अगाडी बढाउन र आफुले उत्पादन गरेको सामानलाई सबै माझ चिनाउन सहयोग गरेको भन्दै तेश्रोे पटक उक्त मेलाको आयोजना गरीएको महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठले बताइन् ।
प्रदशनिमा कोशि प्रदेशका विभिन्न स्थानबाट ३५ बढि महिला उद्यमीहरु सहभागी भएका थिए । मेलाको मुख्य आकर्षण रहेको महिला उद्यमीहरूले उत्पादन गरेका सामाग्रीको प्रदर्शनीमा विभिन्न खाद्यान्नका परिकारहरू, कृषि उत्पादन, हातले बनाएका सामाग्री, गार्मेन्ट, आर्ट लगायतका बस्तुहरू राखिएको थियो ।
उक्त एक दिने मेलाको उद्घाटन समारहोका बिशिष्ट अतिथिहरु नेपाल ललिातकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञा तथा चित्रकला विभागको प्रमुख संजय बान्तावा राई, कोशी प्रदेश सांसद मिना श्रोष्ठ र प्रमुख अतिथी बरिष्ट सास्तृय संगित गुरु कुषेश्वर प्रसाद राईले महिलाहरुले हातैले बनाएर उत्पादन गरेका सामाग्रीहरुको स्टलको अवलोकन गरेका थिए ।
प्रदशनिमा राखिएको सामाग्री अवलोकन गर्न आउनेहरुले महिला उद्यमीहरूले उत्पादन गरेका सामाग्री मन परेको भन्दै सबैले खरिद गरेपछि उनीहरु मख्ख थिए । समयसमयमा यसरी महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरले मेलाको आयोजना गरी आँफुहरुलाई प्रोत्साहन गरेको भन्दै महिला उद्यमीहरुले खुसी व्यक्त गरेका छन् ।








