फागुन १,२०८१ / ०८ : ५७ पूर्वान्ह / 2025-02-13 08:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      सहकारी ठगी आरोपमा समातिएका थापाविरुद्ध ३ दिन म्याद थप

      - एक हप्ता अगाडि
      माघ २०,२०८१

      काठमाडौं, सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ ।

      आइतबार पक्राउ परेका थापालाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्युठान प्रहरीका प्रवक्ता तथा इन्सपेक्टर सागर पौडेलले जानकारी दिए ।

      म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

      सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको सहकारी रजिस्ट्रारको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । कुमारी सहकारीमा करिब ६ हजार जना बचतकर्ताको रकम हिनामिना भएको उजुरी परेपछि रजिस्ट्रारको कार्यालयले हिसाब मिलाउन १ वर्षको समय दिएको थियो । 

      उक्त अवधिमा केही रकम सहकारीमा फिर्ता गरे पनि अपचलन भएको रकम मिलान नभएपछि रजिस्ट्रारको कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d