फागुन १,२०८१ / ०९ : ०८ पूर्वान्ह / 2025-02-13 09:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      उमागौरी सहकारीका अध्यक्ष रौनियार कारागार चलान

      - एक हप्ता अगाडि
      माघ २०,२०८१

      काठमाडौं, उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

       तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । आदेशपछि उनी कारागार चलान भएको जिल्ला अदालतले जनाएको छ । उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियार हुन् । 

      सो मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् । अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो । २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d