फागुन १,२०८१ / ०९ : २१ पूर्वान्ह / 2025-02-13 09:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      कर लगाउने ट्रम्पको निर्णय लगत्तै क्यानडाले पनि अमेरिकालाई लगायो कर

      - एक हप्ता अगाडि
      माघ २०,२०८१

      काठमाडौं, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ । अवैध आप्रवासी छोडेको र फेन्टानल लागूऔषधलाई अमेरिका छिर्न दिएको भन्दै ट्रम्पले उत्तरी छिमेकी क्यानडा र दक्षिण छिमेकी मेक्सिकोलाई भन्सार कर २५ प्रतिशत लाउने बताएका थिए । 

      सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५–२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ । चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ । क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णयमा उल्लेख छ । चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिबाट सुरु हुने छ ।

       यसैगरी मेक्सिकोका सामान माथिको करको निर्णय लागु हुने डेट लाइन तय भएको छैन । ट्रम्पको निर्णयको देश भित्र र बाहिर दुवै ठाउँमा विरोध भएको छ । नेसनल एसोसिएसन अफ होम विल्डर्सले विज्ञप्ति जारी गर्दै क्यानडा र मेक्सिकोबाट धेरै कच्चा पदार्थ आउने भएका कारण यो निर्णयले भवनको मूल्य बढ्ने जनाएका छन् ।

       स्टिल वर्कर, डिस्टिलरी कम्पनी तथा फुटवेयरसँग सम्बन्धित निकायले यो निर्णयले आफ्नो उत्पादन महँगो हुन जाने बताएका छन् भने अमेरिकी कृषक समूहले ट्रम्पको सो निर्णयको विरोध गरेका छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर बढाउने निर्णय गरे लगत्तै क्यानडाले पनि अमेरिकालाई कर लगाउने भएको छ । ट्रम्पले शनिवारबाट क्यानडालाई भन्सार कर लगाएको थियो ।

      बीबीसीका अनुसार क्यानडाले २५ प्रतिशत नै कर लाउने भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा लाग्ने जानकारी दिएका छन । यस्तै मेक्सिकोले पनि कर लाउने बताएको छ । तर, कति प्रतिशत भनिएको छैन । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d