नेपाल सरकार र स्विस सरकार विकास सहयोगकोे सहज परीयोजना अन्र्तगत सहज च्यालेञ्ज फण्डको दोस्रो चरणका विजेताहरू आज विराटनगरमा एक कार्यक्रम गरी घोषणा गरेको छ । उक्त कार्यक्रम स्थलमानै सहज च्यालेञ्ज फण्ड दोश्रो चरणको विजेताहरुद्धारा विविध दुग्धजन्य उत्पादनहरुको स्टल राखेर प्रदशन गरीएको थियो ।
कार्यक्रममा उनीहरूले उत्पादन गरेका दुग्धजन्य वस्तुको बजार प्रवद्र्धन गर्न सहभागीहरूले त्यसको स्वाद परीक्षण समेत गरेका थिए । कोशि प्रदेश अन्र्तगतका १ सय ४६ डेरीहरुले दिएको आवेदनहरूमध्ये उत्कृष्ट पाँच डेरीहरु छनोट गरी विजेता घोषण गरीएको आयोजकले बताएको छ । विजेता भएका डेरीहरुमा विराटनगरको सुर्योदय मिल्क एण्ड वेभरेज इन्डष्ट्रि, सुन्दर हरैचाको गोरस डेरी झापाको रितिका डेरी र तेह्रथुमको आधुनिक डेरी उद्योग रहेका छन् ।
यस्तै चुनौतीलाई जितेर डेरीहरूले विभिन्न प्रकारका उत्पादनहरू बजारमा ल्याउन सफल भएको सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले बताइन् । उनले सहजको च्यालेन्ज फण्डबाट डडेरीहरूको क्षमता विकास भई उत्पादन बृद्धिमा सहयोग पुग्ने बताइन् ।
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, होटल एशोसिएशनका केन्द्रीय सदस्य राजन श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनाल, नेपाल डेरी उद्योग संघका अध्यक्ष राजनकुमार दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवलगायतले सहज परियोजनामार्फत नेपालका डेरी उद्योगहरूको क्षमता विकासमा ठुलो सहयोग पुगेको बताएका थिए ।
सहज च्यालेन्ज फन्डले कोशि प्रदेशमा कृषि उत्पादनहरुको व्यवस्थापन र आपूर्ति शृंखलासम्बन्धी चुनौती तथा बाधाहरुलाई सम्बोधन गर्ने नवप्रवर्तनात्मक र व्यावसायिक रुपमा व्यावहारिक सम्भाव्य भएका व्यवसायहरुलाई सहयोग गर्दै आएको छ ।