जेष्ठ १९,२०८३ / ०२ : ५९ पूर्वान्ह / 2026-06-02 02:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ

      - १ वर्ष अगाडि
      माघ १४,२०८१

      काठमाडौं, आइतबार साँझ ढकारी गाउँपालिकाबाट अछामको दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई युवालाई सोधपुछका लागि भन्दै पक्राउ गरेको छ । पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन ।

       दुवैजना २० वर्षभन्दा कम उमेरका युवा भएकोे अछाम प्रहरीले जनाएको छ । ढकारी गाउँपालिका ८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको सोही गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिबार साँझ शव फेला परेको थियो । 

      शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । मृतक दुवैजना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपू र इशरा भदै हुन् । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरिरहेका छन् । सोही क्रममा दुई युवा पक्राउ परेका हुन् ।

        सम्बन्धित समाचारहरु