फागुन १,२०८१ / ०७ : ५४ पूर्वान्ह / 2025-02-13 07:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      देशभर ४ हजार ३ सय ४५ वटा मुद्दा दर्ता, सबैभन्दा धेरै बैंकिङ कसूरका

      - २ हप्ता अगाडि
      माघ ११,२०८१

      काठमाडौं, पुस महिनामा देशभर ४ हजार ३ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकानुसार पुसमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यकामा १ हजार ३ सय ६३ वटा मुद्दा दर्ता भएका छन् ।

       यस्तै प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा धेरै ६ सय ५० वटा र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ५१ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी कोशीमा ६ सय ३०, बाग्मतीमा ४ सय २९, गण्डकीमा ३ सय ६, लुम्बिीमा ५ सय ४६ र सुदूरपश्चिमा २ सय ७० वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । पुस महिनामा सबैभन्दा धेरै बैंकिङ कसूरमा १ हजार १ सय ४६ वटा मुद्दा दर्ता भएका छन् । 

      मुद्दा दर्ता दर मंसिर महिनाको तुलनामा ३.९२ प्रतिशतले बढेको प्रहरीले जनाएको छ । मंसिरमा ४ हजार १ सय ८१ वटा मुद्दा दर्ता भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d