काठमाण्डौ, आजै देखि लागू हुने गरी सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीको भाडा तीन दशमलव ३० प्रतिशतले वृद्धि भएको बताएको छ ।
यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।
इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन् । यसपटक इन्धनको भाउमा धेरै तलमाथि नभए पनि सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च बढेकाले भाडा बढाइएको विभागले जनाएको छ ।
यसअघि अन्तिम पटक गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो । छ ।








