माघ १२,२०८१ / ०८ : ०२ पूर्वान्ह / 2025-01-25 08:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      बाबुराम भट्टराई रबिलाई फसाएको भन्दै हिरासतमै भेट्न पुगे

      - २ हप्ता अगाडि
      मंसिर २१,२०८१

      काठमाडौं, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा पुगेर भेट गरेका छन् । 

      पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् ।

      कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा डा भट्टराईले रास्वपा सभापति लामिछानेलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका छन् । राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको हो कि भन्ने आशंका लागेको समेत बताएका छन् ।

      सरकारले विभिन्न ढंगले एकपछि अर्को गरेर रविलाई दुख दिने काम भइराखेकोले  यो अस्वाभाविक र अन्याय पूर्ण भएको ठहर गरी आफ्नो ऐक्यबद्धता जनाउन पोखरा पुगेको भट्टराईले जनाएका छन् । रास्वपाका नेता दिपक बोहराले जिल्ला प्रहरी कार्यालयको गेटभित्र प्रवेश गर्दै गरेको पूर्वप्रधानमन्त्री भट्टराई सवार गाडीको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै लामिछानेलाई भेट्न पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई भनेर लेखेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d